Uncategorized

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट : पाल्पामा बाँदर लखेट्ने काममा

काठमाडौं । पाल्पाका १० स्थानीय तहमध्ये रिब्दिकोट र रम्भा गाउँपालिकाले मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेका छन्। बगनासकाली गाउँपालिकाले तयारीसमेत गरेको छैन। रोजगार संयोजक कामना पराजुली व्यक्तिगत कामले कार्यालय नआएपछि काम अघि वढ्न नसकेको गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले बताए। ‘हाम्रो गाउँमा बाँदर धेरै छन्, किसानलाई हैरान पारेका छन्, प्रधानमन्त्री रोजगार कार्यक्रममा आएको रकम बाँदर लखेट्ने काम गराउने योजना छ,’ उनले भने। माथगढी गाउँपालिकाले वडैपिच्छे दुई दुई लाख बाँडे पनि हालसम्म वडा नं। ८ ले मात्रै काम सुरु गरेको छ।

तिनाउ गाउँपालिकाले बाँडेको बजेटअनुसार कार्यक्रम सुरु भए नभएको जानकारीसमेत लिएको छैन। ‘रकम दिएको हो। वडाध्यक्षहरुले के गरेका छन् बुझ्नुपर्छ,’ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती भन्छन्, ‘दालचिनी र अम्रिसो रोप्ने भन्ने निर्णय भएको थियो।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

next news: गुठीको हजारौं रोपनी‘जग्गा हडप्न’ भूमाफियाले लिन मिल्ने विधेयक

काठमाडौं । सरकारले गुठीको हजारौं रोपनी जग्गा भूमाफियाले लिन मिल्ने प्रावधान राखेर ल्याइएको गुठी विधेयकविरुद्ध सदन र सडकमा चर्को विरोध भएको छ । गुठी सञ्चालन र बन्दोबस्तीको नाउँमा विधेयकले प्राधिकरणको परिकल्पना गरी गुठी रकमी, पुजारी, महन्त, गुठियारहरुको अस्तित्व नै समाप्त गर्न खोजेको भन्दै विरोध सुरु भएको हो ।

‘गुठीको जग्गा, धर्म, संस्कृति र अन्य परोकारको कामलाई धराशयी पार्ने गरी सरकारले विधेयक ल्याएको छ । विधेयकलाई स्थगन सबै एकजुट भएर अघि बढ्नुपर्दछ’ सोमबार राजधानीमा आयोजित विरोधसभामा बोल्दै प्रा।डा केदारभक्त माथेमाले भने । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *