Uncategorized

नेकपाको झुट सुनेर अघायौ अब देखि काङ्रेस छोड्दैनौ भन्दै ३ दर्जन कार्यकर्ता काङ्रेस प्रवेश

रौतहट – रौतहट क्षेत्र नम्बर तीनबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तीन दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर रौतहटमा आयोजित एक विषेश समारोहकाबिच रौतहट–३ को फथुवाबिजयपुर नगरपालिका–९ का तत्कालिन एमालेबाट वडा अध्यक्षको प्रत्यासी बनेका नेता रामप्रसाद चौधरीसहित तीन दर्जन नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेपाली कांग्रेसका लोकप्रिय नेता एवम् पूर्व सांसद सुनिल कुमार यादव (जितेन्द्र)ले पार्टी प्रवेश गराएका हुन् । कांग्रेसमा प्रवेश गरेकोमा खुशी ब्यक्त गर्दै जितेन्द्रले फूलमाला लगाएर स्वागत गरेका थिए । नेपाली कांग्रेसमा प्रवेश गर्दै नेता चौधरीले देश अप्ठ्यारोमा पर्दा कांग्रेसले मात्र निकास दिन सकेकाले पार्टी परित्याग गरेको बताएका छन् । लोकतान्त्रीक मूल्य र मान्यता कांग्रेससँग मात्र रहेको बताउँदै उनले अन्य कार्यकर्ताहरुलाई पनि कांग्रेसमा प्रवेश गर्न आग्रह गरेका छन् । पछिल्लो पटक सरकार अलोकप्रिय बनिरहेका बेला एकै वडाबाट ठुलो संख्यामा एकै पटक पार्टी परित्याग गरि कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्दा यता नेकपामा भने ठुलो भूकम्प गएको छ । जनताले नेकपालाइ झुटको भन्डार सोच्न बाध्य भैसके।

Also read: एसएलसी पास नगरेका पार्टीको सामान्य झोलेहरु मन्त्री हुँदा कसरी सलाम गर्ने ? – पुर्व प्रधानसेनापति कटवाल

काठमाडौं। चालीसौ बर्ष सेनामा रहेर देशको सेवा गरेको,संसार घुमेर थुप्रै कुरामा अध्ययन ,अनुसन्धान र संघर्ष गरेर अनुभब बटुल्दै जर्नेल भएको मान्छेले एउटा एसएलसी पनि पास नगरेको र समानुपातिकमा परेर सांसद भएको मान्छे मन्त्री हुँदा उसँग कस्तो खालको योजना र कार्यक्रम होला ?कसरी उसलाई सलाम गर्ने ? यो भनाई हो पुर्बप्रधानसेनापती रुक्माङ्गद कटवाल को ।माउन्टेन टिभिको कार्यक्रममा बोल्दै कटवालले यस्तो बताएका हुन्।

चालीसौ बर्ष सेनामा रहेर देशको सेवा गरेको,संसार घुमेर थुप्रै कुरामा अध्ययन ,अनुसन्धान र संघर्ष गरेर अनुभब बटुल्दै जर्नेल भएको मान्छेले एउटा एसएलसी पनि पास नगरेको र समानुपातिकमा परेर सांसद भएको मान्छे मन्त्री हुँदा उसँग कस्तो खालको योजना र कार्यक्रम होला ? कसरी उसलाई सलाम गर्ने ? यो भनाई हो पुर्बप्रधानसेनापती रुक्माङ्गद कटवाल को ।माउन्टेन टिभिको कार्यक्रममा बोल्दै कटवालले यस्तो बताएका हुन्।

भिडियो हेर्नुहोस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *