Uncategorized

केसीको संसदमा काउन्टर अट्याक : गुठी विधेयक फिर्ता नलिइए काठमाडौं घेराबन्दी हुन्छ

काठमाडौं– प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारले संसदमा पेस गरेको गुठी विधेयक तत्काल फिर्ता लिन आग्रह गरेका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सुरुमै समय लिएर बोल्दै केसीले भने ‘विधेयक फिर्ता लिइएन भने मुलुकमा भयावह हुन्छ। काठमाडौंको एकजना पनि घरमा बस्ने छैन। काठमाडौं घेराबन्दी हुनेछु, ।’ आफूले विद्यार्थी हुँदा कम्युनिस्टहरुले धर्म, संस्कृति र चाडपर्वहरु मान्दैनन् भन्ने सुनेको र गुठी विधेयकले त्यसलाई पुष्टि गरेको उनले बताए। ‘कम्युनिस्टहरुले संविधान मान्दैनन् भन्ने पनि सुनेको थिएँ’, उनले भने, ‘त्यो पनि पुष्टि भएको छ।’ सोमबार प्रतिनिधिसभामा गुठी विधेयकको विषयमा उठेको विषयको जवाफ दिने क्रममा भूमिसुधार मन्त्री पद्मा अर्यालले संविधानकै गलत व्याख्या गरेकी उनले बताए। ‘गुठीलाई समाप्त पार्ने खेल भएको छु, केसीले भने, ‘यो कुनै पनि हालतमा स्वीकार हुँदैन।’ उनले माइतीघरमा गुठियारद्वारा भएको प्रदर्शनमा प्रहरीद्वारा गरिएको हस्तक्षपको विरोध गरे। उनले सो क्रममा भएको घटनाको छानबिन गर्नका लागि समिति गठन गर्न आग्रह गरेका छन्।

मिडिया काउन्सिल विधेयकप्रति मुख खोल्दै भिम रावलले फेरी दिए नेकपालाई दनक : बैतडी – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम इञ्चार्ज भीम रावलले प्रेसलाई अङ्कुश लगाउन नहुनेमा जोड दिएका छन् । सोमबार बैतडीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रेसलाई स्वतन्त्ररूपमा काम गर्न दिनुपर्ने बताएका हुन् ।

प्रेसलाई अङ्कुश लगाउने कुरा कल्पना पनि गर्न नसकिने उल्लेख गर्दै उनले भने, “प्रेस राष्ट्रको चौथो अङ्ग हो, स्वतन्त्र प्रेसको वकालत गरेको छु ।” सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकलाई लक्षित गर्दै उनले थपे, “पत्रकारले स्वयं जिम्मेवार बन्नुपर्छ, प्रेसको अधिकार र स्वतन्त्रता कुण्ठित गर्नुहुँदैन ।” पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता रावलले बजेटमा सुदूरपश्चिम प्रदेश सधैँ ठगिने गरेको जिकिर गरे । “सरकारले सुदूरपश्चिम प्रदेशलाई दिने बजेट गत वर्षभन्दा घटेर आएको छ”, उनले भने, “समाजवादको बाटोमा जान बजेट बढाउनु पर्छ ।”

सुदूरपश्चिम प्रदेश कृषि तथा पर्यटनमा धनी प्रदेश भए पनि सरकारले सुदूरपश्चिम प्रदेशलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको उनको भनाइ थियो । उनले भने “पश्चिमसेतीलाई पनि अघि बढाउने हो भने सुदूरपश्चिमको मात्रै नभएर समग्र मुलुक बन्छ ।”

निर्वाचनका बेला गरेका प्रतिबद्धतालाई बिर्सन नहुने भन्दै उनले पछिल्लो समय सरकार र जनताबीच रिक्तता बढेको बताए । पार्टीले गलत गर्यो भने खबरदारी गर्नुपर्छ भन्दै उनले पार्टी एकीकरणको लामो समय भइसक्दासमेत जिल्ला तथा स्थानीय तहमा एकीकरण नहुनुले पार्टीले ठूलो क्षति बेहोर्नुपरेको धारणा व्यक्त गरे । उनले सिके राउतले अझै पृथकतावादी समूह नत्यागेकाले तत्कालै विश्वास गर्न नहुनेमा पनि जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *