Uncategorized

एक वर्षमा पनि निर्मलाको हत्यारा पत्ता लगाउन नसक्ने ओली सरकारको सामाजिक सञ्जालबाटै अन्जनाको कडा आलोचना

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा हुन लागेको छ । यो बीचमा मुलुकमा विभिन्न खालका घटना भए । ती घटनामा संलग्नको पहिचान गरी मुद्दा अघि बढेको छ । तर अन्तर्राष्ट्रिय रुपमा समेत चर्चामा आएको निर्मला हत्याकाण्डको अनुसन्धान प्रक्रियामा भने प्रहरी सफल हुन सकेको छैन ।

यद्यपी प्रहरीले अनुसन्धान जारी राखेको जनाउँदै आएको छ । गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव फेला परेको थियो ।निर्मला हत्याकाण्डका अभियुक्तको पहिचान गर्न नसक्दा प्रहरी आलोचनाको तारो बन्न पुगेको छ ।

Prime Minister KP Sharma Oli at an interaction with the Reporters’ Club Nepal Deusi Bhailo team, in Kathmandu, on Friday, November 13, 2015. Photo: RSS

प्रहरी अधिकारीले पटक–पटक औपचारिक होस या अनौपचारिक रुपमा निर्मला हत्याकाण्ड ठूलो टाउको दुखाइको विषय भएको बताउने गरेका छन् । प्रहरी अधिकारीनै बर्खास्तीदेखि निलम्बनसम्म भएको निर्मला हत्याकाण्ड–बलात्कारको पछाडि कसको हात थियो शंकाको विश्वसनीय सुइ अझै भेटिएको छैन । बेलाबेला अनुसन्धानका क्रममा नयाँ–नयाँ तथ्य फेला परेको बताइएको भए पनि पुष्टि गर्ने प्रमाण फेला परेको छैन ।

यसै बिच निर्मलाका हत्यारा अंझै पक्राउ गर्न नसक्नुमा सरकारप्रति आक्रोस पोख्दै सामाजिक सञ्जाल फेसबुकमा अञ्जना ढकाल यस्तो लेख्छिन् :

किन कीन सगरमाथा झुके जस्तो लाग्यो
चन्द्रमाको दीयों आँफै सुके जस्तोलाग्यो

लायौबल चिर्यौ योनी पारेउ छिया छीया
पाप धर्म भन्नी कुरा लुके जस्तो लाग्यो

अझै मन भरीएन थिच्यौ घांटी पनी
मान्छेहरु अब राक्षस भछन जस्तै लाग्यो

चिच्याएको थे नेपाली न्याय माग्दै मेरो
कठै सबको घांटी पनी सुके जस्तै लाग्यो

नरोउ आमा नरोउ बुवा नरोउ मेरो देश
मैले न्याय पाउने ठाउं नै चुके जस्तो लाग्यो

दोषी एउटा दोष अर्कोलाइ ल्याइ खडा गरेउ
अदालतको नियम अब थुके जस्तो लाग्यो

मरेपनी हेरेको छु टुलुटुलु मैले
त्यो दुस्टलाइ सजाय केवल भुके जस्तो लाग्यो

शान्ती मिल्ने छैन त्यसलाइ जहाँ गएपनी
कहीं कतै यो सरकारनी चुके जस्तै लाग्यो

अन्जना ढकाल हाल टोक्यो जापान

सामाजिक सञ्जालबाटै कम्युनिष्ठ सरकारलाइ अन्जना ढकालको चुनौती

पछिल्लो समय सरकारले केही गर्न नसकेको भनदै सामाजिक सञ्जाल फेसबुकमा युवाहरुले विरोध गर्न थालेका छन् ।दुई तिहाईको सरकार भएर पनि वर्तमान सरकारले केही गर्न नसकेको भन्दै फेसबुकमा अन्जना ढकालले सरकारको विरोध गरेकी छिन् ।

अन्जना अगाडि लेख्छिन्, सक्छौं भने देशलाइ लुकी, छिपी, आँखा छलेर भुंडी भरेर खुला रुपमा उडीरहेका ती गिद्ध र चीललाइ समातेर खोरमा जाक जाबो आगनको छेउमा आएर कराएको भगेरो लाइ छोपेर पिंजडामा २,४ दीन हुल्नी हैसीयत त म एक्लै को छ बुझेउ म ताक्छु मुडो बन्चरो ताक्छ घुंडो भनेझै देश र जनताले खोजेको छन ।

उनको स्टाटसमा हत्यारा, बलत्कारी, अपराधी गुन्डाहरु,भर्स्टचारी लाइ खोजेर जेलमा कोच भनेर अनी दुइ तिहाइ ले समातेको छ ज्योतिष, कुखुरा चोर कठै सुन्दापनी कती हास्यास्पद छ कती लज्जास्पद छ आँफैमा फेरी भुकम्प आउँछ भनेको आएन भनेर समाउनु ठीक छ ल उस्ले भनेको नहुंदा सजाय दीइयो भने आँफुले भनेको कुरा पी याद होलानी रेल, पानीजहाज, ग्यांसको पाइप खोइ छ उत्तर हिम्मत र सच्चा हौ भने मैले भनेको पनी मैले गर्न सकीन मलाइ पनी सजाय दीनुस भन्नुस हैन भने सर्पनी मरोस लौरोनी नभांचीयोस गरेको स्पस्ट बुझेको छन भन्ने कुरा उनले फेसबुकमा व्यक्त गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *